
अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
भुकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताएका छन् । उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यावाद व्यक्त पनि गरेका छन् ।
‘भुकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ। भुकम्पपछिको सफल पुननिर्माण कार्यले भुकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ । भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता समेत पुर्णता पायो । साथै अहिले भौतिक संरचना पुननिर्माण समेत सन्तोषजनक रुपमा काम भएको छ’ उनले भने ।
‘पुनर्निर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिक धन्यवादका पात्रा हुन् । भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार गरेका छन्। भुकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्रै नभएर राजनीतिक दल र सबै राजनीतिक दलको एकता, सबै दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि गरेको छ’ उनले भने ।
उनले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताएका छन् । उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताएका छन् । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताएका छन् । उनले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit