Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेप्सेमा १६ अंकको गिरावट, यी कम्पनीको शेयरमूल्यमा वृद्धि

शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।  

 

 

सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।

 

 

मंगलबार कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

 

 

मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ । 

 

 

यता जलविद्युत तथा लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५४ प्रतिशत घटेको छ । आज जीवन बीमा १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशतले घटेको छ ।

 

 

आजको नेप्सेमा गिरावट आए पनि  नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र विन नेपाल लघुवित्त शेयर मूल्य बढेको छ । यता  लिबर्टी इनर्जीको शेयरमूल्य भने सवैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ ।


 

कारोबार रकमका आधारमा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा छ । अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै