Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लम्बियो

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । संक्रमण तीव्र बनेपछि जेठ १७ गते सम्मका लागि उडानमा प्रतिबन्ध लम्ब्याइएको हो । 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको छ ।

 

भारतसँग भने एयर बबल उडानअनुसार सातामा दुई उडान हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

 

यसअघि अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो । कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै