Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

समस्या देखाउने होइन समाधान खोज्ने युवा चाहिएको छ : गगन थापा 

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् ।

 

 

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताएका छन् । 

 

 

उनले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहो¥याएका छन् । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

 

 

‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५/३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ । धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं । जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रो तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अव सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होईन, सोलुशन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’  जसले पनि देखाउन सक्छ । ‘प्रवलम’  देखाउने बहादुर होइन् सोलुशन खोज्ने मानिस बहादुर हो’ उनले भने ।

 

 

उनले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै