
प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ ।
सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् ।
उक्त समूहले एक लाख पाँच हजारको सामग्री मानवसेवा आश्रमलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । धापाखेलमा अवस्थित उक्त आश्रमलाई ३३,००० बराबरको ४० वटा ब्ल्याङ्केट र खाद्यन्नतर्फ रु.७२,२२५ बराबरका सामाग्रीहरू हस्तान्तरण गरेको प्रहरीले जानकारी गराएको छ । यसका लागि प्रहरी नायब निरीक्षक विवेक सिलवालले समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।
प्रहरीमा १८ वर्ष सेवा गरेपछि अवकाश लिने व्यवस्था रहेका छ ।
buy tadalafil 20mg generic - female cialis cvs cialis 40mg usa
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy tadalafil 20mg generic - female cialis cvs cialis 40mg usa