Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रहरीका जवानहरुको पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

फाइल तस्बिर

नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रहरी प्रधान कार्यलय नक्सालको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।

 

मन्त्रिपरिषद्ले अघिल्लो वर्षमा नै सैनिक सेवा नियमावली संशोधन गरेको थियो । उक्त संशोधनपछि नेपाली सेनामा फलोअर्स र सिपाहिले १६ वर्ष सेवा अवधि पूरा गरी स्वेच्छिक अवकाश लिनेले निवृत्तभरण पाउने व्यवस्था भएको हो । तर पेन्सन प्राप्त गर्नका लागि २० वर्ष कुर्नुपर्ने सर्त पनि रहेको छ । 

 

संसदबाट यस्तो निर्णय भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले यो निर्णय नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लागू हुनुपर्ने माग गर्दै आएको थियो । मन्त्रालयका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावमा छलफल गरिरहेको छ । यस्तै मन्त्रालयले अर्थ  मन्त्रालय र लोकसेवा आयोगलगायतका विभिन्न निकायसाग परामर्श गरिरहेको र केही हप्तामा नै प्रहरी नियमावलीको पनि संशोधनको निर्णय हुनसक्छ ।

 

मन्त्रालयले प्रहरी निरीक्षकदेखि माथिको पदमा २० वर्ष, जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष र सिपाही, फलोअर्सको हकमा १६ वर्ष पेन्सन अवधि बनाउने प्रस्ताव गरेको छ । यसअघि अर्थ मन्त्रालयले आर्थिक भार बढ्ने भन्दै नेपाल प्रहरीको पेन्सन अवधि घटाउने प्रस्ताव अस्वीकृत गरिरहेको थियो तर सेनाको प्रस्ताव सर्तसहित स्वीकृत भएपछि सोही सर्त प्रहरीमा पनि लागू गर्ने गरी पेन्सन अवधि घटाउने विषयमा कार्य भइरहेको छ ।

 

यस्तै, सशस्त्र प्रहरी बलले पनि जवानको पेन्सन अवधि घटाउन प्रस्ताव गर्ने तयारी गरिरहेको छ । तर सशस्त्र प्रहरीको प्रस्ताव मन्त्रालयसम्म पुगिसकेको छैन ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै