
विवाहमा दाइजे मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने एक युवा झापाबाट पक्राउ परेका छन् । प्रहरीले शुक्रबार झापास्थित झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका–१५ स्थित बेहुलीको घरमा चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेको
प्रहरीले बताएको छ । यो विवाद बढेसँगै बेहुली पक्षले प्रहरीमा विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएका थिए ।
जाहेरीपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit