
प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय मीनराज राई रहेका छन् ।
सुमनले शनिबार राति पठाओ राइडर प्रबिन राईलाई कोटेश्वरबाट धापाखेल लगिदिन आग्रह गरेका थिए । धापाखेल जाने क्रममा आँखिदहमा पुगेपछि सुमनलाई पर्खि बसेका मीनराज र सुमन मिली प्रबिनलाई कुटपिट गरेका थिए । सोही क्रममा प्रबिनको हात खुट्टा बाँधेर प्रदेश ०२(०१(००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लुबुक र १ थान मोबाइलसहितको धनमाल लुटेर उनीहरु फरार भएका थिए ।
उक्त घटना भएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएकाे थियाे । उक्त प्रहरीको टोलीले सुमन र मीनराजलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
oral tadalafil 5mg - cialis walmart order tadalafil 20mg
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
oral tadalafil 5mg - cialis walmart order tadalafil 20mg