Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

रेडपाण्डाको २ थान छाला सहित काठमाडौंबाट १ पक्राउ

फाइल तस्बिर

रेडपाण्डाको २ थान छाला सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका ५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

 

ललितपुर महानगरपालिका २ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको जानकारी प्राप्त गरेको थियो । 

 

 

सोही आधारमा केसीलाई  नयाँ बसपार्क मन्जुश्रीमार्गबाट  उक्त छाला सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै