
एनएमबि बैंकको बिहीबार २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ ।
बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
दि फिनान्सियल टाइम्स, लण्डनद्वारा ‘बैंक अफ द इयर एसिया २०२१’ र ‘बैंक अफ द इयर नेपाल २०२१’ बाट यस बैंकलाई सम्मानित गरिएको छ । उक्त अवार्ड सेयरधनीहरुले समय समयमा बैंकलाई दिएको सुझाव एवं सल्लाहमुताबिक भएको परिणामको रुपमा लिँदै बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा दिँदै आएको छ ।
tadalafil 5mg for sale - cheap tadalafil tablets cialis tablets
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 5mg for sale - cheap tadalafil tablets cialis tablets