Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ओमिक्रोनको विषयमा स्वास्थ्य मन्त्रालयको यस्तो छ भनाइ 


नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । 

 

मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा २ विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

 

उनले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको बताएका छन् । उनका अनुसार संक्रमित दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

 

‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रुपमा ओमिक्रोन देखिएको छ । त्यो देखिएको भेरियन्ट अहिलेसम्म ३५ वटा देशहरुमा ५७४ जनामा पुष्टि भएको छ । यिनै कुराहरुलाई मध्यनजर गरेर नेपाल विदेशबाट आउने मानिसहरुमा स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने, उहाँहरुले अरु व्यक्तिलाई सार्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनको कुराहरु र टेस्ट गर्ने कुराहरु, पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामहरु बढाएका छौँ’ उनले भने । 

 

‘पछिल्लो समय विदेशबाट आउनु भएका दुई जना नागरिकहरु जसलाई शंका लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राती कोरोना संक्रमण पुष्टि भयो । दुई जना विदेशी नागरिकहरुमा ओमिक्रोन नयाँ भेरियन्ट पुष्टि भएको हो । यो पहिलो संक्रमण हो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुमा कुनै लक्षणहरु पनि छैन । उहाँहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ । उहाँहरुको सम्पर्कमा आउनुभएका व्यक्तिहरु खोजतलास गरेर उहाँहरुलाई छुट्याएर राखेका छौँ । कन्ट्याक्ट टे«सिङ गरेर सबैको परीक्षण गर्दा ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने ।

 

उनले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको बताएका छन् । उनले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताएका छन् । उनले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताएका छन् । उनले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरुमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताएका छन् ।

 

‘सरकारले आफूले लिइराखेको रणनीति अनुसार निगरानीको पाटोलाई चुस्तदुरुस्त बनाउने गरी अझ सुदृढ तरिकाले कामहरु अघि बढाएको छ । नाकाहरुमा त्यसैअनुसार निर्देशन दिइएको छ । यो नयाँ भेरियन्ट आएपनि यसका लक्षण, संक्रमण फैलिने तरिकाहरु पहिलेकै भाइरस जस्तो हो । अलि बढी संक्रामक छ भनिएपनि तर यसका धेरै कुराहरु अध्ययन, अनुसन्धानका क्रममा छन् । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हातको सरसफाइमा ध्यान दिने कुराहरु गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ’ उनले भने ।

 

उनका अनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका संक्रमित बढिरहेकोले नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताएका छन् । उनले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा संक्रमण बढ्नबाट रोक्न सकिने पनि बताएका छन् ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगञ्जमा निर्घात कुटपिट र बलात्कार प्रयास

‘केही बोलिस् भने तँलाई मारिदिन्छु । चुप लागेर मसँग हिँड् भन्दै होटलसम्म लग्यो । बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’

मङ्सिर २०, २०७८