Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

पाँच दिनसम्म ओरालो लागेको शेयर बजारमा वृद्धि, यी कम्पनीको मूल्यमा उछाल

लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । 

 

साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स .१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ ।

 

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो ।

 

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ३.५९ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ । यता बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् ।

 

नेप्सेसँगै बिहीबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो । त्यस्तै, नेपाल टेलिकमको ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र सर्पोट माइक्रो फाइनान्सको शेयर गिरावट आएको छ ।

 

कारोबार रकमका आधारमा ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । प्राइम कमर्सियल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै