
नेकपा (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको बताएका छन् ।
अध्यक्ष दाहालले दाहाललाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहकी श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताएका हुन् ।
सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर
काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गरे । अध्यक्ष दाहालले महिला उम्मेदवारमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यकता भएको जिकिर गरे ।
उनले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अब महिलालाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको बताए ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलालाई विशेष रुपले अघि बढाउनुपर्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit