
गृहमन्त्री बालकृष्ण खाडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
मन्त्री खाडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताएका छन् ।
‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल गरियो । यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो’ उनले भने ।
उनले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit