Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

म्यानमारकी नेत्री सुकीको स्वास्थ्य अवस्था खराब

म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको खराब स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुँदा पीडा भएको उनको वकिलले बताएका छन् । 

 

देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीयासुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकोलगायत आरोप लगाइएको छ । 

 

उनले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागि निवेदन दिएको उनका वकिल खिन माउङले बताएका छन् । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने भएका छन् ।

 

गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

 

विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् । एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै