Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

जर्ज फ्लोयडको हत्या स्मरण गर्दै अमेरिकी राजदूत बेरी भन्छन्: अमेरिका पूर्ण छैन

नेपालका लागि अ‍मेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । 

 

अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । 

 

‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान बदल्न हामी पर्खदैनौं भन्ने संकेतहरु देखिएका छन्,’ उनले लेखेका छन्, ‘मानअधिकारका लागि आवाज उठाउनु र कट्टरताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो ।’

 

अमेरिकामा गतवर्ष अश्वेत फ्लोयडलाई एक प्रहरीले घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि अमेरिकामा ‘ब्लाक लाइभ्स म्याटर’ नामक आन्दोलन चर्किएको थियो । 

 

उक्त घटनाविरुद्ध लाखौं अमेरिकीहरुले आवाज उठाएको र अहिले अमेरिकामा पनि पहिलो अश्वेत उपराष्ट्रपति भएको स्मरण बेरीले गरेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै