Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतीय सञ्चारमाध्यमले गलत रिपोर्ट प्रकाशित गरेको भन्दै माल्दिभ्समा आलोचना

माल्दिभ्समा भारतीय सेना नरहेको भनी भारतीय सञ्चारमाध्यम वर्ल्ड इज वन न्युज (डब्ल्यूआईओएन)ले प्रकाशित गरेको रिपोर्ट झूठो रहेको माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् । 

 

डब्ल्यूआईओएनले केही दिनअघि उक्त रिपोर्ट प्रसारित गरेको थियो, जसमा माल्दिभ्सको सार्वभौमसत्ता र सार्वजनिक चिन्ताको विरुद्धमा रहेको माल्दिभ्स न्युज नेटवर्कले जनाएको छ । 

 

तर, माल्दिभ्सकी रक्षामन्त्री मारिया दिदिले ३ नोभेम्बर २०२१ मा भारतीय सेनाको उपस्थिति रहेको पुष्टि गरेकी थिइन् । उनीहरु सशस्त्र नहुने जनाएकी थिइन् । तर, सैन्य सम्झौताका सबै खुलासा भएका ड्राफ्टमा भने यसको विपरीत पाइएको छ । 

 

रिपोर्टमा माल्दिभ्सको स्वतन्त्रता र सम्प्रभुतामाथि अहिले चिन्ताको पछाडि चीनको हाथ छ । डब्ल्यूआईओएनले माल्दिभ्समा भारतीय सेनाविरुद्धमा भइरहेको आन्दोलन पनि भारतीय प्रवासीलाई हटाउनन भइरहेको जनाएको छ, जुन झूठो रहेको माल्दिभ्स न्युज नेटवर्कले जनाएको छ । 

 

माल्दिभ्समा एक दशकअघि भारतले राष्ट्रिय रक्षा बललाई हेलिकोप्टर सहयोग गरेको थियो । साथै हेलिकोप्टर सञ्चालनका लागि प्रशिक्षण दिने भन्दै केही भारतीय सेनालाई पठाएको थियो । 

 

तर, भारतले हालसम्म प्रशिक्षण नदिएको, हेलिकोप्टर हस्तान्तरण गर्न पनि अस्वीकार गरेको र अनुमतिविना आफैले सञ्चालन गरेको माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् । 

 

डब्ल्यूआईओएन एस्सेल समूहको हिस्सा रहेको समाचार संस्था हो, जो पछि जी मिडिया ग्रूपमा जोडियो । जी मिडियाको स्वामित्व भारतीय अर्बपति सुभाषचन्द गोयन्कासँग छ, जो भाजपाका सांसद हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै