Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् । 

 

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् । 

 

‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्र्कमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्धारा त्यसको तयारी गरेको छु मैले,’ उनले भनिन् ।

 

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाइ पु¥याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले जानकारी दिइन् । 

 

सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् । साथै,  सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै