काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् ।
कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो
समस्या नदेखिएको उनले बताइन् । ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन,’ उनले भनिन् ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।
Good News: काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेल यसरी भइन कोभिड संक्रमण मुक्त - Pardafas ajphlolqoi [url=http://www.g9u5b3ww47l66s0k0c1g8u3saqz77i58s.org/]ujphlolqoi[/url] jphlolqoi http://www.g9u5b3ww47l66s0k0c1g8u3saqz77i58s.org/
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit