Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जम्मुकश्मीरमा मानवअधिकार उल्लंघन चिन्ताजनक : पाकिस्तानी राजदूत

काठमाडौंस्थित पाकिस्तान दूतावासले कश्मीरको विषयमा छलफल आयोजना गरेको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जम्मु कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन लगायत विषयमा धारणा राखेका थिए । 

 

सन् २०१९ मा जम्मु कश्मीरमा भारतले गरेको कारबाहीलाई अवैध भन्दै उनले त्यो घटनाक्रम र विश्वभर प्रतिक्रियाबारे पनि चर्चा गरेका थिए । 

 

उनले जम्मुकश्मीरको आत्मनिर्णयको अधिकार हुनुपर्ने तथा सन् २०२० मा संयुक्त राष्ट्र संघले जम्मु कश्मीरको अस्तित्व संकटमा पर्ने कुनै पनि किसिमको कदम नचाल्ने प्रतिबद्धताबारे पनि धारणा राखेका थिए । 

 

 

छलफलमा लेखक, पत्रकार, विश्लेषक मानव अधिकारसम्बन्धी संस्थाका प्रतिनिधिहरु सहभागी थिए । मानवअधिकारवादी संस्थाका प्रतिनिधिहरुले जम्मुकश्मीरमा बढ्दो हिंसा र मानअधिकार उल्लंघनबारे चिन्ता व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै