Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा चुनावको कार्यतालिका जारी

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यतालिका बनाएको छ । सरकारले पहिलो चरणमा २६ कात्तिकमा र दोस्रो चरणमा ३ मंसिरमा निर्वाचन गर्ने घोषणा गरेपछि तयारीस्वरुप आयोगले कार्यतालिका बनाएको हो । 

 

आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिह्न प्रदान गर्ने देखि निर्वाचन केन्द्रका अधिकृत चयन सम्मको कार्यतालिका आयोगले बनाएको हो ।

 

कार्यतालिकाअनुसार पहिलो चरणको लागि उम्मेदवारको मनोनयन दर्ता २० र १२ असोजमा गरिनेछ । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान २५ असोजमा गरिनेछ ।  

 

यस्तै, दोस्रो चरणको निर्वाचनका लागि ३१ असोज र १ कात्तिकमा उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । ७ कात्तिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र सोही दिन उम्मेदवारलाइ चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।

 

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरिसकेको छ । निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थले सहमति दिएको हो । 

 

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम खर्च हुने छ । निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा उक्त बजेट खर्च हुने आयोगले जनाएको छ ।

 

यद्यपि, प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइको क्रममा छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मन्त्रीपरिषद्का निर्णयः द्वन्द्वकालिन घाईतेको निशुल्क उपचार, कतारको मर्सिडिज उपहार स्वीकार  

द्वन्द्वकालिन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

असार २१, २०७८