
मोरङ र धनुषामा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मोरङको केराबारी गाउँपालिका–८ स्थित सडकमा को–२ त ६७०० नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही गाउँपालिका–१० बस्ने १९ वर्षीय पिलिज बिकको मंगलबार बिहान मृत्यु भएको छ । स्ट्रिङमा च्यापिएर गम्भीर घाइते भएका उनको सुकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै
धनुषास्थित मिथिला नगरपालिका–११ बाहुनमारास्थित सडकमा प्र–१–०२–००२ च ५२६३ नम्बरको पिकअपले ना–५२ प ५१३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ बस्ने ५६ वर्षीय शेर बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ ।
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ ।
रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit