Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ । 

 

यो राइड १६ असोज मा २०७८ गते शनिबार नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो । भेन्युमा पुगे लगत्तै कलाकार रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । 

 

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एकअर्का संग जोडिन र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गरेको छ । 

 

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षाप्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।

 

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवाल टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेकोमा बधाई दिएका थिए । ‘टिभिएस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । राइडहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु,’ उनले भने ।

 

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

 

टिभियसका पाँच प्रकारहरु रहेका छन्, जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै