Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

विपदमा घर गुमाएकालाई अस्थायी बसोबासका लागि ५० हजार दिइने

सरकारले मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ । 

 

राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।

 

यस बर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए । 

 

यस वर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

 

‘मनसुनजन्य कारणले हालसम्म ५ सय ५ निजी घर पुर्णरुपमा क्षति भएका छन् ।१ सय १२ घरहरु आंशिक क्षति भएको छ । विभिन्न ३६ सरकारी कार्यालयहरु क्षतिग्रस्त भएका छन,’ उनले भने । 

 

मन्त्री पौडेलले पीडितको राहत तथा उद्धारका लागि प्रदेशस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारबाहीको पनि फेहरिस्त प्रस्तुत गरे । 

 

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिहरुले स्थानीय तह र अन्य संघ संस्थासंग समन्वयन गरी  प्रभावितहरुलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरुलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । 

असार २०, २०७८

पुष्पालाई जंगल पठाउने निकुञ्जको तयारी

पुष्पा नाम गरेकी उक्त गैडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाडने तयारी गरिएको छ । गैडाको बच्चालाई लालबहादुर महतराले...

असार २०, २०७८