
काठमाडौंको बौद्ध र जोरपाटीमा रहेका तिब्बती शरणार्थीहरुले आफ्नो स्थानिय नेता चुनेका छन् । उनीहरुले शरणार्थीका रुपमा नेपालमा रहेपनि स्थानिय तहको निर्वाचन गरेर बाबु काल्साङलाई नेता चुनेका हुन् ।
काठमाडौ महानगरपालिका–६ को तिब्बती शरणार्थी क्याम्प बौद्व र जोरपाटीको खम्पा क्याम्पमा रहेका उनीहरूले शनिबार लोकल एसेम्बली अन्तर्गतको प्रारम्भिक चुनाव सम्पन्न गरि बाबू काल्साङलाई प्रमुखमा निर्वाचित गरेका हुन् । याे बाैद्व सेटलमेन्ट निर्वाचन
हाे ।
निर्वाचनमा बाबु काल्साङले ५७७ र फुर्वु टाँसीले ४७६ मत ल्याएका थिए । निर्वाचनमा १०२८ मत खसेको थियो।
सरकारले तिब्बती शरणार्थीको प्रजातान्त्रिक तथा मानव अधिकारका लागि उनीहरुलाई आन्तरिक निर्वाचन गर्न दिएको हो ।
यसअघि नेपाल सरकारले निर्वाचन गर्न कडाई गरेकाे थियाे । यस विषयमा शरणार्थीको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले सरकारलाई आग्रह गरिरहेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit