Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

विश्व बैंकले नेपाललाई  थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने 

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ । 

 

नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधीकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउन विश्व बैंकले सो रकम ऋण सहायतास्वरुप नेपालमा उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममा बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरे । 

 

 

कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणको आयोजनालाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पु¥याउने अर्थ सचिव मरासिनीले बताए । 

 

 

सम्झौंता पत्रमा कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमलााई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिस्थिति परिवेक्षणलाई यो सहायताले सघाउने उल्लेख छ ।

 

 

त्यस्तै यसले पूँजी, बिमा र प्रकोप जोखिम वित्तिय बजारहरु खोल्न र नविनतम वित्तिय सेवाहरुलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पु¥याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले बताएको छ ।

 


उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तीय बजारमा विस्तारित जलवायु उत्थानशीलता एजेन्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमलाई सो ऋण सहायताले सघाउने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै