
काठमाडौंको नक्सालमा फक्सवागन कारको शोरुम सञ्चालन भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीले ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले सुविधाजनक अत्याधुनिक शोरुम खोलिएको जनाएको छ । कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज, कम्पनीका अधिकारीहरु सहभागी थिए ।
पूजा इन्टरनेशनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले जर्मनीमा रहेको फक्सवागन शोरुमसँग मिल्दोजुल्दो अत्याधुनिक शोरुम खोलिएको जानकारी दिए । यो नयाँ शोरुम खोलेको दुई साताभित्र गाडी बुक गर्ने ग्राहकका लागि कम्पनीले आकर्षक अफर ल्याएको बिजुक्छेले जानकारी दिए । यस अफरमा चार वर्षसम्म निःशुल्क सर्भिसिङलगायत सुविधा छ ।
पूजा इन्टरनेशनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको विक्री र वितरण गर्दै आएको छ । कडा डिजाइन र युरोपेली प्रविधिका कारण फक्सवागनका कारहरू नेपाली सवारी साधनका पारखीहरूका बीचमा विशेष रूपमा लोकप्रिय भएकाले यसलाई नेपालमा धेरै रुचाइएको ब्रान्ड बनेको छ । हाल नेपालमा १० भन्दा बढी फक्सवागन शोरुम र नौ सर्भिस सेन्टर सञ्चालनमा छन् ।
यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit