Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

काभ्रेमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, १८ घाइते 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा बुधबार दुई गाडी एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् ।

 

 
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।

 


मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले बताएको छ ।

 

 

दुर्घटनामा थप १८ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै