
पाकिस्तानले नयाँ वर्षको सुरुवातमा संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष अब्दुल्ला शाहिदद्वारा सुरु गरिएको खोप समानता अभियानका लागि आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघमा पाकिस्तान मिसनद्वारा जारी एक प्रेस विज्ञप्तिमा राजदूत मुनीर अकरमले कोरोना महामारीबाट स्थायी र छिटो ठीक हुनका लागि सबैका लागि हरेक स्थानमा खोपको समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेको जनाएको पाकिस्तान रेडियोले जानकारी दिएको छ ।
‘कोही पनि त्यतिबेलासम्म सुरक्षित हुन सक्दैन, जबसम्म भाइरसबाट कोही पनि सुरक्षित भएको सुनिश्चित हुँदैन,’ उनले भने ।
यसभन्दा अघि खोप समानताका लागि नयाँ वर्षको संकल्प शीर्षकमा मिडिया अभियान सुरु गर्दै महासभाका अध्यक्षले विश्वमा खोप समानता सुनिश्चितता गर्न पुनः प्रयास गर्न आह्वान गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit