Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

खुकुरी रम अब नयाँ प्याकेजिङमा आउँदै

खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम छठपछि बजारमा आउने भएको छ । 

 

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो । 

 

यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको कम्पनीले जनाएको छ ।  रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिने कम्पनीले जनाएको छ । 

 

खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु भने एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहनेछन् । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । 

 

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लालिछानेले व्यक्त गरे । 

 

‘स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं । बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।  

 

कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुनेछ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै