Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो ।

 

चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ ।

 

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो ।

 

अब विदेशी नागरिक तथा कार्गोका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् ।

 

अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै