
गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन् ।
गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘समितिले घटनास्थलमै गएर छानबिन गर्नेछ । प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानबिन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ,’ उनले भने ।
सरकारले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री खाँणले सो समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने बताए ।
घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए । उनले आपराधिक ढंगले धामी नदीमा बेपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए ।
एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरे ।
काँग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराए । उनले घटनामा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताए ।
जवाफमा गृहमन्त्री खाँणले छानबिन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए । सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिइएको छ ।
बस्न्यातको अकूत सम्पत्तिको बारेमा अख्तियारले अनुसन्धान गरे पनि उनीविरुद्ध मुद्दा भने दायर गरेन । अख्तियारका निवर्तमान प्रमुख नवीन घिमिरे नेतृत्वले बस्न्यातको अकूत सम्पत्त...
बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit