Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ भन्ने समाचार गलतः प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्पे्रषण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ । केही सञ्चारमाध्यमहरुले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न संञ्चारगृहको ध्यानाकर्षण गराएको हो । 

 

 


बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरुले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए । 

 

 

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टिकरण लिएको जानकारी दिए । उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरुलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरुले गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएको पनि बताए।

 

 

अध्यक्ष बस्नेतले भने, ‘केही दिनअघि कोरोनासँग जोडिएको एउटा समाचार संस्थाबाट उत्पादन गर्दा त्यसको अनुवाद सही ढंगले नभएको पाइयो । त्यति मात्रै होइन, त्यो समाचार संस्थाबाट गएका समाचार विभिन्न अनलाइन पत्रिकाहरुले जस्ताको तस्तै दिँदा समाजमा भ्रम फैलियो । त्यो समाचार थियो ओमिक्रोनले नै कोभिडलाई अन्त्य गराउन सक्छ भन्ने खालको डब्ल्यूएचओको समाचारलाई ट्रान्सलेशन गरिएको थियो । जुन गल्ती थियो । त्यसको आधारमा विभिन्न सञ्चारमाध्यमले त्यसलाई दिँदा जस्ताको तस्तै दिँदा भ्रम फैलियो र हामीले त्यो समाचार संस्थालाई स्पष्टिकरण पनि सोध्यौँ । छाप्ने अन्य ६ वटा आधा दर्जन सञ्चार संस्थालाई पनि सोध्यौँ । उनीहरुले गल्ती भएको र अबबाट त्यस्तो गल्ती नदोहो¥याउने भन्ने प्रतिवद्धतासहित हामीलाई पत्र पठाउनु भएको छ । प्रेस काउन्सिल के आग्रह गर्न चाहन्छ भने त्यस्ता किसिमका समाचार उत्पादन गर्दा र अनुवाद गर्दा ठ्याक्कै मिलेको छ कि छैन ? त्यो हेरिदिन विशेष आग्रह गर्दछु । यस्ता समाचार दिँदा विशेष ध्यान दिनुपर्छ भनेर प्रेस काउन्सिल नेपाल सम्बद्ध सञ्चार संस्थाहरुलाई सचेत पनि गराउन चाहन्छ ।’

 

 

गत माघ १० गते प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले स्पष्ट पारेको थियो । 

प्रतिक्रिया

1
  • Nllysj

    फाल्गुण ४, २०७८

    buy cialis 5mg for sale - cialis tadalafil tadalafil generic

प्रतिकृया थप्नुहोस्
  • Nllysj

    फाल्गुण ४, २०७८

    buy cialis 5mg for sale - cialis tadalafil tadalafil generic

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश यस्तो छ, पढनुहोस पूर्ण पाठ 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिए...

माघ २०, २०७८