
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आफूले दुई वर्ष नाडामा रहेर काम गर्दा अटोमोबाइलको हित बिपरित् काम नगरेको बताए । उपाध्यक्ष चौधरीले अध्यक्षमा सक्षम व्यक्ति आउनुपर्ने भन्दै नेतृत्व गर्न सक्छु भन्ने विश्वासकासाथ आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।
उनले संस्थालाई र अटोमोबाइल क्षेत्रलाई कसरी अघि लिएर जाने भन्ने कुराको सोच बनाएर नै उम्मेदवारी दिएको दाबी गरे ।
उपाध्यक्ष चौधरीले भने, ‘मैले मुटुमाथि हात राखेर एउटा चिज भन्छु, मैले अटो मोबाइलको हीत बिपरित् मेरो कम्पनीलाई फाइदा होस्÷नहोस् अटो मोबाइल्सको हीत बिपरित् एउटा पनि कदम चालेको छु भने म अध्यक्षको पदको प्रत्यासी पनि हुनु हुँदैन । किनभने अध्यक्ष भनेको एउटा यस्तो पद हो, जहाँ सक्षम व्यक्ति अगाडि आउनु पर्छ । गर्न सक्छु भन्ने व्यक्ति अगाडि आउनु पर्छ । यो कुरालाई कसरी कुन उचाईमा लिएर जाने भन्ने कुरा सोचेको व्यक्ति अगाडि आउनु पर्छ ।’
उपाध्यक्ष चौधरीले आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका छन् । जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit