
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक बैंकको सुशासनमा वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको दाबी गरेका छन् ।
बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैंकका कुनै पनि कर्मचारीले गलत काम नगरेको भन्दै कसैले गलत
काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह गरे ।
त्यस्तै उनले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताए ।
उनले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताए । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit