Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

 

 

जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो ।

 

 

 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । 


 

 

 

समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै