Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने तयारी : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

 

 

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरेका छन् ।

 

 

उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहो¥याएका छन् । 

 

 

‘अनलाईन सञ्चार माध्यामलाई अन्य सञ्चार माध्याम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ । अनलाईन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो । अनलाईन पत्रकार संघले अनलाईन पत्रकारिता तथा श्रमजीवि पत्रकारको पक्षमा गरेको कार्यप्रति म जानकार छु । अवका दिनमा पनि यस्ता राम्रा कार्यले निरन्तरता पाउने आशा र अपेक्षा लिएको छु र यहाँ व्यक्त गर्न चाहन्छु’  उनले भने । 

 

 

‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने कुरा पनि म यहाँहरुलाई दृढताका साथ निवेदन गर्न चाहन्छु । स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन, सम्वद्र्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यामको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पनि पार्न चाहन्छु । अनलाईन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाईरहेको छ । अवको दिनमा पनि यस्तै कार्य अझ परिस्कृत रुपमा अघि बढन सकून भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरुबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईहरुको साथमा रहेर काम गर्नेछ’ उनले भने ।

 

 

उनले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताएका छन् । उनले मुलुकमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै