
बाँके प्रहरीले २९ ईन्च लामो र १० किलो तौल भएको हात्तिको दाह्रासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले वैजनाथ गाउँपालिका–२ तिलकपुरका पूर्णबहादुर थारुलाई नियन्त्रणमा लिएको हो । उनले घरको पछाडी रहेको मन्दिर परिसरसंगै रहेको कोठाको शौचालयको सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टिकले बेरेर बोराभित्र दाह्रा लुकाएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थारुले वन्यजन्तुको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा बुधरबा उनको घर खानतलासी गरिएको थियो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय बाँके नेपालगंजमा पठाइएको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit