Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

काठमाडाैं शान्तिनगरबाट पक्राउ परे मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त

पक्राउ परेका शेखरबहादुर सुनुवार ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त झापा शिव सताक्छी नगरपालिका-११ ठेगाना भएका ४४ वर्षीय शेखर बहादुर सुनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

वर्दिया मधुबन नगरपालिका-७ बाट गत फागुन १६ गते २ जना महिलालाई भारततर्फ लग्न लागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले ओसारपसारमा संलग्न सोही नगरपालिका-१ जगमोहन चोक बस्ने २५ वर्षीय कन्हैयालाल यादवलाई पक्राउ गरेको थियो ।

 

सोधपुछ तथा अनुसन्धानको क्रममा भारतको दिल्ली हुँदै ओमान पठाईदिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लग्न
लागिएको भन्ने खुल्न आएको थियो ।

 

साथै थप अनुसन्धान गर्ने क्रममा सोही अपराधिक कार्यमा शेखर बहादुर नेपालतर्फबाट मुख्य एजेन्ट भई पटक-पटक व्यक्तिहरुलाई सम्पर्कमा ल्याई प्रलोभनमा पारी विभिन्न व्यक्तिसँगको संलग्नतामा भारततर्फ पठाउने कार्य गर्दै आएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय बर्दिया तथा महानगरीय अपराध महाशाखा काठमाडौंको संयुक्त टोलीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको

प्रतिक्रिया

सम्बन्धित समाचार सबै