Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेपालको अवस्थाप्रति प्रशिद्ध टेलिभिजनकर्मी बियर ग्रियल्सको सहानुभुती

प्रशिद्ध टेलिभिजनकर्मी बियर ग्रियल्सले नेपालमा पछिल्लो समय देखिएको कोरोना संक्रमणबाट परेको असरप्रति सहानुभुति प्रकट गरेका छन् । 

 

म्यान भर्सेस वाइल्डजस्ता विश्व प्रशिद्ध कार्यक्रमका होस्ट समेत रहेका बियरले सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्रमा शवहरु जलाईरहेको तस्बिर राख्दै उनले सहानुभुति देखाएका हुन् । 

 

उनले लेखेका छन्, ‘नेपाल, तिमी हाम्रो प्रार्थनामा छौं । कोरोनाबाट पीडीत तथा ज्यान गुमाएकाहरुलाई हामी धेरै मायाँ र शक्ति पठाउँन्छौं । यस किसिमको आँधि निकै खराब र पीडादायी हुने गर्छ । मलाई नेपालीहरुको स्प्रिट थाहा भएसम्म तपाईहरु एकदमै बलियो हुनुहुन्छ । तपाईहरु यसबाट छिट्टै बाहिर निस्कनुहुनेछ ।’

बेलायतका बियरले २००६ देखि २०११ सम्म सञ्चालित टेलिभिजन कार्यक्रम म्यान भर्सेस वाइल्ड निकै प्रशिद्ध छ । नेपालमा पनि यो कार्यक्रम निकै रुचाइन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै