
पाकिस्तानको प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरुले कराचीमा भारतीय गुप्तचर निकाय ‘रअ’ को गोप्य साइबर नेटवर्क फेला पारेको दाबी गरेको छ । अनुसन्धानकर्ताले संदिग्ध व्यक्ति सुफियान नकवीलाई पक्राउ गरेको थियो ।
उनको कम्प्युटरबाट यस्तो रहस्य खुलेको पाकिस्तान पक्षले दाबी गरेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सुफियानलाई कराचीको रिजविया क्षेत्रबाट पक्राउ गरिएको थियो ।
यसबारेमा प्रहरी र अन्य सुरक्षा निकायका अधिकारीको एक संयुक्त टिमले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकर्ताका अनुसार सुफियानलाई माल्दिभ्समा एक परियोजनाको समन्वयकर्ताको रुपमा नियुक्त गरिएको थियो । उनलाई पाकिस्तानमा रहेर अनलाइनमार्फत आफ्नो काम जारी राख्ने जिम्मेवारी दिइएको थियो ।
सुफियानको जागिरको विवरणलाई भारतीय ह्यान्डलरले बेलायतको एक सम्पर्क नम्बरको माध्यमबाट अन्तिम रुप दिएका थिए । महिला ह्यान्डलरले पाकिस्तान सेना र चीन–पाकिस्तान आर्थिक करोडोर (सीपीईसी) परियोनाको विरुद्धमा घृणाका सामग्री फैलाउनका लागि सुफियानलाई मासिक ३० देखि ५० हजार भारुसम्म दिने गरेको पाकिस्तान पक्षको दाबी छ ।
सुफियानलाई केही पाकिस्तानविरोधीहरुको सम्पर्कमा पनि रहन निर्देशन दिइएको थियो । पहिचान लुकाउन फरक फरक एप प्रयोग गर्न पनि निर्देशन दिइएको थियो ।
अनुसन्धानकर्ताले सुफियानको कम्प्युटर र मोबाइलबाट प्रमाण संकलन गरिएको दाबी गरेको छ र यसको फरेन्सिक जाँचका लागि सम्बन्धित अधिकारीलाई पठाइएको छ ।
अनुसन्धानमा पाकिस्तानको संघीय जाँच एजेन्सी (एफआईए) को सहयोग मागिने भएको छ । यसका अलावामा रअसँग जोडिएका अन्य तथ्यहरु पनि पत्ता लगाउन उक्त टोली प्रयासरत रहेको समाचारमा उल्लेख छ ।
brand cialis 5mg - cialis 20mg generic tadalafil dosage
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
brand cialis 5mg - cialis 20mg generic tadalafil dosage