
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत ३ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कार्यमा संलग्न भएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । भ्रष्टाचारका अन्य आरोपीमा सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिन छन् ।
जग्गा धनी पासिनले नापीका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी हालसाविक र छुटजग्गा दर्ता गर्ने क्रममा भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ । उनीहरुविरुद्ध बिगो ९ लाख ८३ हजार कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ ।
हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आआफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले जग्गा जफत गरी सरकारको नाममा कायम गर्नुपर्ने अख्तियारको मागदाबी छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी संघीय मामिला (स्थानीय तहसमेत) मन्त्रालयसँग सम्बन्धित दर्ता भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit