Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सुदूरपश्चिममा औद्योगिक क्षेत्रको सुरुवात गर्दै प्रधानमन्त्री ओली

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् ।  आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताए । 

 

सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिदैँ उद्योग मन्त्री भट्टले सुखि नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । 

 

९ अर्ब रुपैयाँको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ ।

 

कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडी बढीरहेको जानकारी दिदैँ मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु गरिएको मन्त्री भट्टले जानकारी दिए । 

 

निर्माणाधिन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा बिकास गर्न लागिएको समेत उनले बताए । मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दाबी समेत गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै