
मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर जैसवाललाई १० लाख रुपैयाँ घुस रकमसहित तीन साता अघि गरेको थियो ।
अख्तियारले शुक्रबार विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनी बिरुद्ध घूस रकम बराबर बिगो मागदाबी र साढे दुईवर्षसम्म कैदको माग गरेकाे छ ।
जैसवालले निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घूस रकम लिएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit