
नेपाल नागरिक समाज (सिस नेपाल) संस्था सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सुर्खेतको लेखगाउँ कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अन्सन्धानको क्रममा अख्तियारले लामिछाने र घिमिरेले मिलोमतो गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको पाएको हो ।
उनीहरुले राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सम्झौता गरी व्यावसायिक खेतीको विकासको नाममा अनुदान लिएका थिए ।
अख्तियारले उनीहरुबाट १३ लाख ३७ हजार २० रुपैयाँ बिगो र सोहीबराबरको जरिवानासहित कैदको माग गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit