
ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।
महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।
ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।
ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit