
अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ ।
यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्वसाधारणले प्राधिकरणको आलोचना गरिरहेका छन् । फेरि लेडिसेडिङ हुने हो कि भनेर चिन्ता पनि व्यक्त गर्दै आएका छन् ।
यसैबीच, प्राधिकरणले भने लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताए ।
केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यको भनाय छ ।
अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताए ।
अनावश्यक रुपमा विजुली काटने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिदा लोडसेडिङ भन्न नमिल्ने पनि उनले जिकिर गरे ।
शाक्यका अनुसार अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविश्यमा पनि गर्नुपर्ने कुनै सम्भावना देखिएको छैन ।
यस्तै कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रसितशतले बढेकोमा अवको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको शाक्यले बताए यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit