
नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समाचार प्रकाशन भएका थिए ।
तर, गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यसबारे आफूलाई कुनै जानकारी नभएको पर्दाफासलाई बताए । ‘यसबारेमा गृहको प्रशासन महाशाखामा सोध्नुहोला,’ उनले भने । महाशाखाका सहसचिव घनश्याम उपाध्यायले पनि एआईजीहरुको सरुवाबारे कुनै निर्णय भएकोबारे आफूलाई जानकारी नभएको पर्दाफासलाई बताए ।
एक साताअघि गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेर गर्दै एआईजी सरुवाको निर्णय गरेको थियो ।
सरुवा सूची अनुसार एआईजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वराज पोखरेलको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।
यस्तै प्रहरीको ‘ढुकुटी’ भनेर चिनिएको मानव स्रोत तथा प्रशासन विभागमा सहकुलबहादुर थापाको पदस्थापन भएको छ ।
प्रहरीका एक एआईजीले पनि सरुवा रोकिएकोबारे कुनै जानकारी आफूलाई नआएको पर्दाफासलाई बताए । यद्यपि, एआईजीहरुले रमाना भने बुझिसकेका छैनन् ।
हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पाल, अपराध अनुसन्धान तथा कार्य विभागमा पोखरेल, मानव स्रोत तथा प्रशासन विभागमा शाही, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्की कार्यरत छन् ।
generic cialis online - tadalafil 20mg cheap tadalafil 5mg cheap
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
generic cialis online - tadalafil 20mg cheap tadalafil 5mg cheap