Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिटमा आजबाट सुनुवाइ, भोलिबाट थप ११ रिटमा सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुँदैछ ।

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो । 

 

प्रतिनिधिसभा विघटनविरूद्ध ३० रिट परेका थिए । संवैधानिक इजलासमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई भने शुक्रबारवाट सुरू हुनेछ ।

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

 

रिटमा   प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम  देउवालाई प्रधानमन्त्री नियुक्त गर्न  माग गरिएको छ ।  

 

यस्तै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि सर्वोच्चमा रिट परेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै