Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड


धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

 

 

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी प्रहरीले उक्त व्यक्तिको खोजी गरेको थियो । सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । 

 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै